Editorial
हिमाल साउथएशियन पत्रिका प्रकाशन स्थगन सम्बन्धमा
हिमाल साउथएशियन ले आफ्नो सबै अभिभारा र दायित्व पूरा गरी २०७३ मंसिरमा प्रकाशन स्थगन गर्नेछ ।
दक्षिण एशियाली 'क्रस–बर्डर पत्रकारिता' गर्ने हिमाल साउथएशियन पत्रिकाको प्रकाशन स्थगन गरिएको सूचना प्रकाशक 'द साउथएशिया ट्रष्ट' ले खेदपुर्वक जारी गर्दछ । नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण ट्रष्टको कार्यकारी समितिको ६ भदौको बैठकले उक्त निर्णय लिएको हो ।
दक्षिण एशियाका अन्य ठाउँका मिडिया र नागरिक समाजलाई जस्तै ठाडो सेन्सरसीप या अन्य खालका हस्तक्षेपबाट नभई ब्यूरोक्रेसीको विभिन्न अंगमार्फत दबाव दिई हिमाल साउथएशियन लाई बन्द गराइएको हो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपाल राज्य दक्षिण एशियामा प्रेस स्वतन्त्रताको हिमायती भए तापनि गत २० वर्षको राजनीतिक अन्योलमाझ राजनीतिक नेतृत्व 'खुला समाज' प्रति निरन्तर उदासीन हुँदै गएकोले प्रेस स्वतन्त्रता कुण्ठित भएको छ ।